मोदीले प्रबुद्ध समुह (ईपीजी)लाई आधा घण्टा पनि समय नदिएपछि…

title
सोमवार, कार्तिक २६, २०७५

काठमाडौं – नेपाल भारत प्रबुद्ध व्यक्ति समुह इपीजीले तयार पारेको प्रतिवेदन बुझ्न भारतले आनाकानी गरिरहेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय नदिँदा तयार भएका चार महिनासम्म प्रतिवेदन अलपत्र परेको हो ।

भारतर्फको समय मिलाउने जिम्मेवारी भारतीय पक्षको इपीजी टोलीको थियो । उनीहरुले प्रधानमन्त्री मोदीको समय नै पाउन नसकेको बताउने गरेका छन् ।

भारतीष् पक्षका संयोजक भगतसिंह कोशियारी केही समययता नेपाली पक्षको सम्पर्कमै आउन छाडेका छन् ।

संयोजकसमेत सम्पर्कमा नआएपछि कुटनीतिक पहलमार्फत बुझाउने तयारी नेपाली पक्षले गरेको छ । यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।