मोरक्कोसंगको खेल गुमाउने भए मेस्सी

title
शनिबार, चैत्र ९, २०७५

एजेन्सी । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले मोरक्कोसंगको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल गुमाउने भएका छन् । भेनेजुएलाविरुद्धको खेलमा चोट लागेपछि मेस्सीले मोरक्कोसंगको खेल गुमाउने भएका हुन् । अर्जेन्टिनाले सोमबार मोरक्कोसंग मैत्रीपुर्ण खेल खेल्दैछ । तर, अर्जेन्टिना फुटबलले मेस्सीको कम्मरको जोड्नीको दुखाई बढेको कारण मोरक्कोसंगको खेल गुमाउने जनाएको छ ।