मौलिक हकसम्बन्धी विधेयकहरु सहमतिमै पारित हुने सभामुख महराको जानकारी

title
बिहिबार, भदौ २१, २०७५

काठमाडौ । संघिय संसदमा प्रस्तुत मौलिक हकसम्बन्धी विधेयकहरु सहमतिमै पारित हुने भएको छ ।

सभामुख कृष्णबहादुर महराले बिहिवार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दे प्रधानमन्त्री केपी शर्मा ओली , नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच मौलिक हकसम्बन्धी विधेयक पारित गर्ने सम्बन्धमा सहमति भएको जानकारी दिनुभयो ।

सभामुख महराले मौलिक हकसम्बन्धी बिधेयक सहमतिमा पारित गर्नका लागी शीर्षदलहरु गम्भीर रहेको पनि बताउनुभयो । सभामुख महराका अनुसार छलफलमा तीनै नेताले विधेयकहरु सहमतिमै पारित गर्ने विश्वास नेताहरुले दिलाउनुभएको थियो ।

त्यस्तै मौलिक हकसम्बन्धी कानुन असोज दुई गतेसम्म पारित गर्नुपर्ने भएकाले संसदीय समितिले एकहप्ताभित्र छलफल सक्ने जानकारी पनि दिनुभयो ।

मौलिक हक कार्यान्वयनका लागि असोज २ भित्रै झण्डै डेढ दर्जन विधेयक पारित गर्नुपर्ने संबैधानिक व्यवस्था छ ।