म्याग्दीको गुर्जा हिमालमा हिमपहिरो, ४ नेपालीसहित ८ जनाको मृत्यु

title
शनिबार, अशोज २७, २०७५

काठमाडाैँ । म्याग्दीको गुर्जा हिमालमा हिमपहिरो गएको छ । शुक्रबार राति पहिरो जाँदा ४ नेपालीसहित ८ जनाको मृत्यु भएको छ। गुर्जा हिमाल आरोहरणमा रहेका चारजना कोरियाली पर्यटक र उनीहरूको साथमा रहेका चार नेपाली भरिया हिमपहिरोमा पुरिएर मृत्यु भएको हो । पर्यटक प्रहरीका अनुसार घटना शुक्रबार राति करिब १० बजेतिर भएको हो । हावाहुरीसहित आएको हिमपहिरोले पर्यटहरू बसेको क्याम्प नै खसेको छ ।

घटनास्थल गुर्जा गाउँपालिकामा पर्छ। हिमपहिरोमा पुरिएकाहरूको उद्दारका लागि पुगेका सिम्रिक एअरका वरिष्ठ क्याप्टेन सिद्धार्थजंग गुरुङका अनुसार शवहरू यत्रतत्र छरिएको भेटिएको छ। ७१९३ मिटर उचाईको गुर्जा हिमाल धौलागिरी हिमशृंखलामा पर्छ।