म्यानमारकी प्रजातन्त्रवादी नेतृ सुकी काठमाडाैँमा

title
बिहिबार, मंसिर १३, २०७५

काठमाडौँ । म्यानम्यारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकी दुई दिने नेपाल भ्रमणका क्रममा नेपाल आइपुगेकी छिन् ।

शुक्रबारदेखि राजधानीमा आयोजना हुने एसिया प्यासिफिक समिटमा सहभागि हुन उनी नेपाल आएकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपाल आएकी सुकीलाई स्वागत गर्न उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल विमानस्थल पुगेका थिए।

यस्तै, क्याम्बोडियाका प्रधानमन्त्री सामदेक टेको हुन सेन पनि बिहिबार नै नेपाल आएका छन् । नेपाल भ्रमणका क्रममा सुकी र सेनले प्रधानमन्त्री ओलीसँगै राष्ट्रपति विद्यादेवी भण्डारीलगायतसँग भेटवार्ता गर्ने बताइएको छ ।