म तत्काल विश्राम लिन्नः सभापति देउवा

title
सोमवार, भदौ २५, २०७५

बर्दिया । नेपाली काँग्रेसका सभापतिएवं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई आगामी चुनावमा देशको पहिलो पार्टी बनाएरै छाड्ने बताउनु भएको छ । प्रचण्ड र केपी ओली मिलेर आफुलाई धोकादिएको भन्दै उँहाले काँग्रेसलाई पहिलो पार्टी नबनाउँदासम्म विश्राम नलिने बताउनु भएको हो ।
नेपालीकाँग्रेस जिल्ला कार्यसमिति बर्दियाले आयोजना गरेको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले अहिलेको सरकारले करमा अत्याधिक बृद्धि गरी जनतालाई सास्ती दिएको धारणा राख्नुभयो । कार्यक्रममा पार्टी महामन्त्री शशांक कोईरालाले पार्टी भित्रको गुटको कारण समस्या उत्पन्नभई रहेको भन्दै त्यसको अन्त्य गर्न आग्रह गर्नुभयो ।
चुनावमा पार्टी पराजय हुनुको पछाडी कम्युनिष्ट पार्टीको एकता भएको भन्दै सम्मेलनमा बोल्ने अधिकांस केन्द्रीय नेताहरुले वर्तमान सरकारको आलोचनामा लामो सयम खर्चिएकाथिए ।
सोमबारसम्मचल्ने जिल्ला सम्मेलनको उद्घाटन शत्रमा जिल्लाका अग्रज नेताहरुलाई सम्मान गरीएको थियो ।