यति एयरलाइन्सको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन छानविन समिति गठन

title
सोमवार, भदौ १८, २०७५

काठमाडौं । शनिबार राति नेपालगन्ज बाट आएको यति एयरलाइन्सको विमान अवतरणका क्रममा अन्तर्राष्ट्रिय विमानस्थलमा धावन मार्गबाट चिप्लिएर बाहिर गएको थियो ।

विमान अवतरणका क्रममा धावन मार्ग वाहिर पुगेपनि यात्रलाई भने केही भएन । जहाजमा आंशिक क्षति पुगे पनि जहाजमा रहेका २१ यात्रु र तीन जना चालक दलका सदस्यलाई सकुशल उद्धार गरिएको थियो । तर, झण्डै १२ घण्टासम्म विमानस्थल भने अवरुद्ध बनेको थियो ।  विमान दुर्घनाको छानबिन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले छानबिन समिति गठन गरेको छ ।

प्राधिकरणले वरिष्ठ एयर वर्दिनेस निरीक्षक भेषराज सुवेदीको नेतृत्वमा छानबिन समिति गठन गरेको हो । समितिमा क्याप्टेन दधिराम निरौला, क्याप्टेन गोपाल सिंह बिष्ट र एयरवर्दिनेस निरीक्षक रितेशराज पन्त रहेका छन् ।
छानबिन समितिलाई सत्यतथ्य प्रतिवेदन बाहिर ल्याउन भनिएको छ ।