
काठमाडौं। यमनको हुथी समूहले अरब सागर र लाल सागरका साथै बाब अल–मन्डब स्ट्रेटमा तीनवटा जहाजलाई लक्षित गरी तीनवटा आक्रमण गरेको बताएको छ ।
सन् २०१४ को अन्त्यतिर यमनी गृहयुद्ध शुरु भएदेखि हुथी समूहले राजधानी साना र रणनीतिक रेड सी बन्दरगाह शहर होडेडाहसहित उत्तरी यमनको धेरैजसो भागलाई नियन्त्रणमा लिएको छ ।
अक्टोबर ७, २०२३ मा शुरु भएको इजरायली–प्यालेस्टाइन द्वन्द्वको बीचमा गाजामा प्यालेस्टाइनीहरूसँग ऐक्यवद्धता प्रदर्शन गर्न गत वर्षको नोभेम्बरदेखि हुथीहरूले इजरायलमा रकेट र ड्रोन आक्रमणहरू गरेका छन् ।