यमनमा हैजाले १२ जनाको मृत्यु , ४ हजार मानिसमा संक्रमण

title
सोमवार, चैत्र ४, २०७५

एजेन्सी । यमनको राजधानी सनामा हैजाका कारण कम्तीमा १२ जनाको ज्यान गएको छ ।

यो वर्ष मात्रै ४ हजार मानिसमा हैजाको संक्रमण देखिएको स्थानीय स्वास्थ्यसेवा विभागका प्रमुख माथर अब्बास मिरवानीले जानकारी दिएका छन् । हैजाबाट सबैभन्दा बढी बालबालिका प्रभावित भएको बताइएको छ । हैजाको प्रकोपपछि अहिले मानिसहरु स्वच्छ पानीको जोहो गर्न कसरत गरिरहेका छन् ।

मानिसहरु स्वच्छ पानी संकलन गर्नकै लागि निकै लामो लाइनमा लागेको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । अस्पतालमा पनि हैजा प्रभावित बिरामीहरुको संख्या ठूलै छ । विश्व स्वास्थ्य संगठनको वेवसाइटमा जारी गरिएको पछिल्लो तथ्यांक अनुसार, यमनमा सन् २०१८ जनवरी १ देखि २०१९ फेब्रुअरी १७ सम्म हैजाबाट प्रभावित हुनेको संख्या ४२ हजार ८ सय १७ रहेको छ ।

जसमध्ये ५ सय ६० जनाको मृत्यु भएको छ । ५ वर्षभन्दा मुनिका बालबालिकामध्ये ३१ प्रतिशत हैजाबाट प्रभावित छन् ।