यसरी चौरमा बसेरै परीक्षा दिन्छन् विद्यार्थी

title
मङ्लबार, अशोज २, २०७५

बाजुरा । बाजुरा जिल्लाका अधिकांश ग्रामिण वस्तीका विद्यालयमा विद्यार्थीहरु चौरमा बसेरै परीक्षा दिन वाध्य छन् । कक्षकोठाको अभाव हुनुका साथै उचित साधन स्रोत नहुँदा उनीहरु चौरमै बसेर परीक्षा दिन बाध्य भएका हुन् ।

साना कक्षा कोठा, बेन्चको अभावकै कारण परीक्षार्थीलाई चौरमै राखेको परीक्षा लिने गरेको स्थानीय शिक्षक नन्दबहादुर भण्डारीले जानकारी दिए ।

यो त बाजुरा जिल्लाको प्रतिनिधि उदाहरण मात्र हो । प्रायः ग्रामिण क्षेत्रका विद्यालयमा पढ्ने विद्यार्थीहरुको अवस्था यस्तै हुन्छ । हाल सरकारी तथा सामुदायिक विद्यालयहरुमा पहिलो त्रैमासिक परीक्षा सञ्चालन भइरहेको छ ।