
काठमाडौं – दुर्गा प्रसाईंको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले आज काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेको छ ।अभियानले काठमाडौँका सात स्थानबाट जुलुस निकालेर विरोध प्रदर्शन गरेको छ ।
अभियानका सहप्रवक्ता राजानन्द माण्डव्यका अनुसार परीक्षा नियन्त्रण कार्यालय अगाडिको खुल्ला चौर, गोंगबु चोक, स्वयम्भू, कलङ्की चोक, जावलाखेल, सातदोबाटो, त्रिभुवन विश्वविद्यालय प्रवेश द्वार अगाडि र चाबहिल चोकमा मानिसहरु ठुलो संख्यामा भेला भएका छन् । त्यहाँबाट जुलुस काठमाडौंको बल्खुमा तोकिएको प्रदर्शन स्थानमा भेला भएको हो । हाल दुर्गा प्रसाईंका समर्थकहरु बल्खुमा भेला हुने क्रम जारी छ । त्यहाँ सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ।