यस्तो बन्योसुपर सिक्सेस क्रिकेटको ट्रफी

title
शुक्रबार, मंसिर ७, २०७५

काठमाडौं । सेन्चुरी बैंकको प्रायोजन तथा एसएस इभेन्टस्को आयोजनामा हुन लागेको कर्पोरेट सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको विजेताले पाउने ट्रफि सार्वजनिक गरिएको छ ।

कुल २३ टिमको सहभागिता रहेको प्रतियोगिता आउँदो सोमबारबाट किर्तीपुर मैदानमा हुनेछ । प्रतियोगितामा सहभागी टिमलाई आठ समुहमा विभाजन गरिएको छ । यस्तै प्रतियोगितामा लगाइने जर्सिको पनि सार्वजनिक गरिएको छ । प्रतियोगिता डिसेम्बर एक तारिखसम्म चल्नेछ ।

पाँचौ संस्करणका रुपमा रहेको प्रतियोगितामा यसपटक २४ टिमको सहभागिता रहनेछ । जसमा हरेक टिमलाई विभिन्न समुहमा विभाजन गरेर प्रतियोगिता खेलाइनेछ ।

प्रतियोगिताको साविक विजेताले यसपटक निशुल्क रुपमा सहभागिता गराउन पाउनेछ । २४ टिमलाई आठ समुहमा विभाजन गरिएको छ । हरेक समुहमा तीन टिम हुनेछन ।

हरेक समुहमा रहेका हरेक टिमले राउण्डरोविनका आधारमा खेल्नेछन र एक समुहबाट दुई टिम प्रिक्वाटरफाइनलका लागि छनोट हुनेछन् । जसबाट आठ टिम क्वाटरफाइनलमा स्थान बनाउनेछन । त्यसपछि चार टिमले सेमिफाइनल खेल्नेछन् ।