सुपथ मूल्य पसल कहाँ कहाँ खुल्दै छन् ?

title
शनिबार, अशोज ६, २०७५

काठमाडौं । सरकारले चाडपर्वलाई लक्षित गर्दै असोज १२ गतेदेखि कात्तिक २७ गतेसम्म ५० भन्दा बढी सुपथ मूल्य पसल संचालन गर्ने भएको छ ।

सरकारको स्वामित्वमा संचालित नेपाल खाद्य संस्थान, साल्ट ट्रेडिङ कर्पोरेशन र दुग्ध विकास संस्थान मार्फत उपभोक्तालाई सहुलियत दिनकासुपथ मूल्य पसल संचालन गर्न लागिएको हो । सुपथ मूल्य पसलमा प्रति केजी मोटा चामलमा ५ रुपैयाँ, चिनीमा प्रति केजी ५ रुपैयाँ, खसी वोका च्याङग्रामा १० रुपैयाँ, नुन २ रुपैयाँ, डिडिसी घ्यू ५० रुपैयाँ र पनिर १० रुपैयाँ सम्म छुटमा पाईने छ ।

हरेक बर्ष सरकारले शहरी क्षेत्रमा सुपथ मुल्य पसल चलाए पनि कमजोर आर्थिक अवस्था भएका नागरिक बस्ने ग्रामिण क्षेत्रमा भने कहिल्यै यस्ता पसल विस्तार गरिंदैन ।

कार्तिक २७ गतेसम्म त्यस्ता सुपथ मुल्य पसलमा कुन कुन बस्तु कति छुटमा विक्रि वितरण गर्ने भन्ने भने अझै टुंगिएको छैन । तर उपत्यकाको हकमा खाद्य संस्थानको कार्यालय थापाथली र सिंहदरवार, नेशनल ट्रेडिङ कार्यालय टेकु र साल्ट ट्रेडिङ कार्यालय कालिमाटीमा मात्र यस्ता पसल सञ्चालन गरिदै आएकोमा यो वर्ष स्थानीय सहकारी मार्फत उपत्यकाका मुख्य मुख्य चोकमा यस्ता सुपथ मूल्य पसल खुल्ने छन् ।

नेपाल खाद्य संस्थानले बजारमा हुने संभावित कालोबजारी रोक्दै सुपथ मूल्यका पसल पनि सबैको पहुचमा र सजिलै किनमेल गर्न सकिने बतावरण बनाउन सुपथ मूल्यका पसल बिस्तार गर्न लागेको जनाएको छ । संस्थानले यसपटक आठ किसिमका चामल सहित पर्व लक्षीत् पसलबाट कर्णालीको फापर, सिमी लगाएतका उत्पादनसमेत बिक्री गर्ने तयारी गरेको छ ।

यस्तै घटस्थापना देखि फुलपातीको दिनसम्म सस्थानलेसुपथ मूल्यमा खसी बोका तथा भेडा च्यांग्रा समेत कारोवार गर्दैछ ।