यातायात व्यवस्था विभागलाई प्राधिकरण बनाउने तयारी

title
बुधबार, अशोज १०, २०७५

काठमाडौं । सरकारले यातायात व्यवस्था विभाग विघटन गरी यातायात प्राधिकरण बनाउने तयारी थालेको छ । बुधबार बसेको विकास समितिको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यातायात व्यवस्था विभाग विघटन गर्ने तयारी गरेको खुलासा गरेका हुन् ।

बैठकमा मन्त्री महासेठले यातायात प्राधिकरणका लागि मन्त्रालयले अध्ययन समिति समेत गठन गरिसकेको बताए । उता, विभागले समितिमा भएको छलफलमा दशैंको लागि छ हजार अग्रिम टिकट बुकिङ भैसकेको र दशैंको बेला सवारी दुर्घटना नियन्त्रणका लागि विभिन्न ३२ स्थानमा चालकलाई रिफ्रेसमेन्ट सेन्टरसमेत निर्माण गरेको जनाएको छ ।

त्यसैगरी, प्रत्येक लामो दूरीमा चल्ने बसमा दुई चालक अनिवार्य राख्नुपर्ने व्यवस्था विभागले गरेको छ । दशैंमा यात्रुलाई सहज आवतजावतका लागि १३ स्थानमा प्रहरीले सहायता कक्ष स्थापनासमेत गरिसकेको छ ।