यात्रुबहाक बस एकआपसमा ठोक्किंदा १९ जना घाइते

title
मङ्लबार, भदौ २६, २०७५

वैतडी । महाकाली राजमार्ग अन्तर्गत बैतडीको सतबाँझ– गोकुलेश्वर सडकखण्डको बांगाबगर नजिक भएको सवारीसाधन दुर्घटनामा १९ जना यात्रु घाइते भएका छन् ।
हिजो अपरान्ह विपरित दिशातिरबाट आउँदै गरेका दुई वटा यात्रुवहाक बस एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । महेन्द्रनगरबाट दार्चुलाका लागी छुटेको ना ६ ख ७४२० बस र गन्नाबाट महेन्द्रनगरका लागी छुटेको ना ४ ख ७५४७ नं बस ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकाहरुको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।