यी महिलाले प्रहरीलाई नै ४ सय रुपैयाँको गाँजा बेचेपछि…

title
बिहिबार, साउन १७, २०७५

भोजपुर । भोजपुरमा लुकाइ राखेको साढे ६ केजी गाँजा सहित प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । भोजपुर नगरपालिका–१० धाराटारकी ६४ वर्षिय कोमलशोभा राईलाई प्रहरीले गाँजासहित पक्राउ गरेको हो ।

राइले गाँजा उत्पादन तथा विक्री वितरण गरिरहेको विषेश सूचनाको आधारमा प्रहरीले उनको घरमा लुकाइराखेको गाँजा सहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायव उपरिक्षक केशव कुमार थेवेले बताउनुभयो । राईले घरमा बोरा भित्र लुकाएर गाँजा विक्री गर्ने गरेको प्रमुख प्रहरी नायव उपरिक्षक थेवले बताउनुभयो ।

राइले गाँजा विक्री गरिरहेको भन्ने आधारमा एक साता देखि अनुसन्धान गरेर गाँजा वरामद गर्न सफल भएको प्रहरीले जनाएको छ । यस्तै प्रहरीले राईको १४ रोपनी क्षेत्रफलमा मकैवारी भित्र रहेको एक सय २ वोट र उनका छिमेकी दिलकुमार राईको १३ रोपनी क्षेत्रको मकैवारीमा नै लगाएको ८४ वोट गाँजा समेत नष्ट गरेको छ ।

राईले अनुसन्धानमा गएका प्रहरीलाई समेत ४ सय रुपैंयाको गाँजा वेचेकी थिइन । राईलाई कानुन अनुसार कारवाहीको प्रक्रिया अगाडी वढाएको जनाइएको छ । प्रहरीले गाँजा नियन्त्रण अभियान अन्तर्गत जिल्लाको पाँचधारे, घोडेटार, हसनपुर लगाएत ठाँउमा सयौ रोपानी क्षेत्रमा लगाएको गाँजा नष्ट गरिसकेको जनाएको छ ।