युएईविरुद्धको टि–ट्वान्टी श्रृङ्खलाको दोश्रोँ खेलमा नेपाल ४ विकेटले विजयी

title
शुक्रबार, माघ १८, २०७५

युएईविरुद्धको टि–ट्वान्टी श्रृङ्खलाको दोश्रोँ खेलमा नेपाल ४ विकेटले विजयी भएको छ ।

युएईले दिएको १ सय ८ रनको लक्ष्य खेल सकिन ३ बल बाँकी रहँदै ६ विकेटको क्षतिमा पुरा गरेपछि नेपाल ४ विकेटले विजयी भएको हो । टस जितेर पहिले ब्याटिङ गरेको युएइले १९ ओभर २ बलमा सबै विकेट गुमाउँदै १ सय ७ रनमा समेटिएपछि नेपालले १ सय ८ रनको लक्ष्य पाएको थियो ।

तीन खेलको टी–ट्वान्टी सिरिज अन्तर्गत शुक्रवारको खेल जितेको नेपालले श्रृङ्खला १–१ को बराबरीमा ल्याएको छ । अब आईतबार हुने अन्तिम खेलमा विजयी हुने टोलीले श्रृङ्खला कब्जा गर्नेछ ।