युक्रेनको पूर्वी क्षेत्रमा कब्जा जमाएर बसेका रुस समर्थक लडाकु प्रमुखको बम विष्फोटमा मृत्यु

title
शनिबार, भदौ १६, २०७५

एजेन्सी । युक्रेनको पूर्वी क्षेत्रमा कब्जा जमाएर बसेका रुस समर्थक लडाकु प्रमुखको बम विष्फोटमा परी मृत्यु भएको छ ।

युक्रेनको पूर्वी क्षेत्र कब्जा जमाएर बसेका डोनेत्स्क जन गणतन्त्रका प्रमुख अजेक्जाण्डर जखारचेन्कोको ज्यान गएको हो ।

उनी एक क्याफेमा रहेका बेला बम विष्फोट भएको र त्यसैक्रममा उनको मृत्यु भएको जनाइएको छ ।

सन् २०१४ मा पूर्वी युक्रेनको डोनेत्स्क क्षेत्रमा सुरु भएको रुस समर्थक विद्रोहपछि विद्रोहीले त्यहां डोनेत्स्क जनगणतन्त्र भन्ने बेग्लै मुलुकको स्वघोषणा गरेका थिए ।

जखारचेन्को त्यही मुलुकका स्वघोषित राष्ट्रपति तथा प्रधानमन्त्री थिए । जखारचेन्कोको हत्याप्रति रुसले चर्को आक्रोश पोखेको छ ।

रुसी विदेशमन्त्रालयले जखारचेन्कोको हत्यामा युक्रेन सरकारको हात रहेको आरोप लगाउंदै उनको हत्याले पूर्वी युक्रेनमा अस्थीरतालाई बढावा दिने जनाएको छ ।

यता पश्चिमा मुलुकको समर्थन रहेको युक्रेन सरकारले भने बम आक्रमणमा आफ्नो हात नरहेको जनाएको छ ।