युनालाई बधाईको ओइरो

title
सोमवार, मंसिर १०, २०७५

काठमाडौं । नेपाली चलचित्रमा एकताका राम्रै छाप छोड्न सफल अभिनेत्री युना उप्रेती हाल अमेरिकामा छिन् । विवाहपश्चात चलचित्रबाट टाढा भएकी यूना हालै आमा बनेकी छिन् । अमेरिकामै उनी छोरीको आमा बनेकी हुन् ।

‘पर्खि बसे’, ‘सम्झि दिए पुग्छ’, ‘चन्द्रावती’, ‘दिलमा सजाएँ तिमीलाई’, ‘फ्ल्यास ब्याक’ लगायतका दर्जन बढी चलचित्रमा उनले अभिनय गरेकी छिन् । उनको अभिनय रहेका अधिकांश चलचित्र बक्स अफिसमा सफर रहे । दर्शकको साथ पाउँदा पाउँदै पनि उनी एकाएक चलचित्रबाट टाढा भएकी थिइन् ।

उनले आइतबार फेसबुकमा आफू आमा बनेको भन्दै छोरी सहितको तस्बिर सार्वजनिक गरेकी छिन् । उनले आफ्नो र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको समेत लेखेकी छिन् । उनले छोरीको नाम ‘सायरा’ राखेको समेत उल्लेख गरेकी छिन् । फेसबुकमार्फत उनले परिवारमा नयाँ सदस्यको आगमनले निकै भाग्मानी महसुस गरिरहेको बताएकी छन् ।

पाँच वर्ष अघि एक सांस्कृतिक कार्यक्रमका लागि भन्दै अमेरिका उडेकी युना, अमेरिका उड्नु पूर्व नै नेपाल नफर्कने चाँजोपाँजो मिलाएर गएकी थिइन् । त्यसबेला उनको अमेरिकामा बायोकेमेस्ट्री विषयमा पिएचडी गरिरहेका विकास अधिकारीसँग प्रेम थियो । युनाले अमेरिका पुगेको ४–५ महिनामा नै विकाससँग कोर्टम्यारिज गरेकी थिइन् ।

खास नाम यमुना उप्रेती भए पनि उनी फिल्म क्षेत्रमा युना नामले चर्चित छिन् । अमेरिका जानुअगाडि उनले ‘प्रितीको फूल’ नामक चलचित्रमा अभिनय गरेकी थिइन् । उनले फोटो सार्वजनिक गरेसँगै सामाजिक सञ्जालमा धेरैले बधाई दिएका छन् ।