युभेन्ट्स छाड्ने भए रोनाल्डो, यस्तो छ कारण ?

title
शुक्रबार, बैशाख ६, २०७६

एजेन्सी । स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले इटालियन क्लब युभेन्ट्स छाड्ने भएका छन् । सम्झौता अवधि नसकिदै रोनाल्डोले युभेन्टस् छाड्ने भएका हुन् ।

युभेन्ट्स च्याम्पियन्स लिगको क्वाटरफाइनलबाट बाहिरिएपछि रोनाल्डोले क्लब छाड्ने तयारी गरिरहेको इटालियन सञ्चारमाध्यमहरुले जनाएका छन् । क्लबलाई च्याम्पियन्स लिगको उपाधि दिलाउन नसकेपछि रोनाल्डोले क्लब छाड्ने मनस्थिति बनाएको सञ्चारमाध्यममा उल्लेख गरिएको छ ।

स्पेनिस क्लब रियल मड्रिडबाट युभेन्ट्स पुगेका रोनाल्डोको क्लबसंगको सम्झौता सन् २०२२ सम्म रहेको छ । तर, रोनाल्डो च्याम्पियन्स लिगको क्वाटरफाइनलबाट बाहिरिदा निकै निराश रहेको उल्लेख गरेको छ ।