यु–१६ महिला च्याम्पियनसिप, भोलि नेपालको भिडन्त फिलिपिन्ससँग

title
मङ्लबार, अशोज २, २०७५

भोलिबाट शुरु हुने एएफसी यु–१६ महिला च्याम्पियनसिप अन्तर्गत पहिलो दिन आयोजक नेपालले फिलिपिन्सको सामना गर्दैछ । अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गर्न लागेको प्रतियोगितामा नेपालसहित चोर टोलि भिड्दैछन् ।

हलचोकस्थित सशस्त्रको मैदानमा हुने प्रतियोगिताको ई समूहमा नेपालसँगै म्यानमार, फिलिपिन्स र मलेसिया छन् । ई समूहमा सिरिया पनि रहे पनि सिरियाले नाम फिर्ता लिएपछि ४ टोलीबीच मात्र प्रतिस्पर्धा हुने भएको हो ।

नेपालले दोस्रो खेलमा शुक्रबार म्यानमारसँग भिड्ने नेपालले समूहको अन्तिम खेल आइतबार मलेसियासँग खेल्नेछ । प्रतियोगिताका लागि फिलिपिन्स, मलेसिया र म्यानमारको टोली काठमाडौं आइपुगेको छ । प्रतियोगिताको शीर्ष दुईमा रहने टोलीले थाइल्याण्डमा आयोजना हुने एएफसी यु–१६ महिला च्याम्पीयनसिपमा खेल्न पाउनेछन् ।

प्रतियोगिताका लागि गंगा गुरुङको प्रशिक्षणमा नेपाली टोलीले तयारी गरिरहेको छ । भुटानमा सम्पन्न यू–१५ साफ च्याम्पीयनसीपपछि फर्किएको टोलीमा केही खेलाडी समावेश गरी यु–१६ टिम बनाइएको छ । प्रतियोगिताको शीर्ष दुईमा पुग्दै च्यनाम्पियनसिपमा सहभागी हुने एन्फाको अपेक्षा छ ।

एन्फाका महासचिव इन्द्रमान तुलाधरले एएफसीको तयारीका लागि गत महिना साफ यु–१५ प्रतियोगितामा सहभागिता जनाएको उल्लेख गर्दै यसपटक सन्तोषजनक नतिजाको अपेक्षा गरिएको बताए । ‘हामीले अन्य प्रतिद्वन्द्वीको बारेमा बुझेका छैनौं । तर, हामी छनोट हुने लक्ष्यसहित मैदानमा उत्रिने छौं ।’