साफ यु–१८ महिला च्याम्पियनसिप : नेपाली टोलीले अाज पाकिस्तानसंग प्रतिस्पर्धा गदै

title
शुक्रबार, अशोज १२, २०७५

काठमाडौं । साफ अण्डर एट्टीन महिला च्याम्पियनसिप छनौटको उपाधि जित्ने लक्ष्यसहित भुटानमा रहेको नेपाली टोलीले शुक्रवार पाकिस्तानसंग प्रतिस्पर्धा गर्दैछ ।

थिम्पुस्थित चाङलिमिथाङ मैदानमा नेपालले पहिलो खेलमा पाकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । समूह ’बि’ मा रहेको नेपाल र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार आज बेलुकी सवा सात बजेबाट सुरु हुनेछ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक हरि ओम श्रेष्ठले टिमको तयारी राम्रो रहेको बताउँदै बलियो टोलीविरुद्ध कडा टक्कर दिने बताए । प्रतियोगिताका लागि करीव साढे दुई महिनाको तयारी गरेको नेपालले छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने र महिला राष्ट्रिय लिगबाट छनोट भएका खेलाडी टीममा समावेश गरेको छ ।

प्रतियोगिताअन्र्तगत नेपालले आगामी मंगलबार बङ्गलादेशको सामना गर्नेछ । समूहको दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।