यूएस ओपन टेनिसको उपाधि जापानकी नाओमी ओसाकाले जितिन्

title
आइतवार, भदौ २४, २०७५

एजेन्सी । जापानकी नाओमी ओसाकाले यूएस ओपन टेनिसको उपाधि जितेकी छन् । ६ पटककी उपाधि विजेता सेरेना विलियम्सलाई सोझो सेटमा पराजित गर्दै ओसाकाले उपाधि जितेकी हुन् ।

ओसाका युएस ओपन जित्ने पहिलो जापानीज खेलाडी बनेकी छन् । उनले सेरेनलाई ६–२ तथा ६–४ को सेटमा पाखा लगाएकी हुन् ।

ओसाकाले पहिलो सेट सजिलै जिते पनि दोस्रो सेटमा भने संघर्ष गर्नु परेको थियो । खेलका दौरान सेरेना र एम्पाएरबीच विवादसमेत भएको थियो । पछि सेरेना आफैले माफि मागेकी थिइन् ।

सेरेनाले रेफ्रिलाई चोर भनेको सार्वजनिक भएपछि उनले माफि मागेकी हुन् । जित पछि जापानीज खेलाडी ओसकाले लामो समय देखि सेरेनासँग खेल्ने इच्छा पूरा भएको बताएकी छिन् । साथै उनले सेरेना प्रति झुकेर सम्मान पनि व्यक्त गरेकी थिइन् ।