यूपीका मुख्यमन्त्री जनकपुरधाम आउन लालायीत

title
सोमवार, मंसिर १७, २०७५

पुरन साह

भारत उतर प्रदेशका मुख्यमन्त्री योगी आदित्यना विवाह पञ्चमीमा जनकपुरधाम आउने भएका छन् । जनकपुरधामबाट लखनउ पुगेको पत्रकारहरुको टोलीसंगको कुरा गर्दै मुख्यमन्त्री योगीले माता जानकीको दर्शन गर्ने आफ्नो पुरानो इच्छा पूरा हुने विश्वास व्यक्त गर्नुभएको हो । उहाँ डिसेम्वर १२ तारिखमा जनकपुर आउनुहुने भएको छ ।

मुख्यमन्त्री योगीले भगवान श्री रामको जन्मभुभी अयोध्या नगर र माता जानकीको जन्मभुमी जनकपुरधामको विकासका लागि आफू, आफ्नो पार्टी र स्वयम् भारतीय प्रधामन्त्री समेत नेपाल सरकारसँग हातेमालो गर्न तयार रहनुभएको जनाउनुभएको छ ।

दुवै शहर सांस्कृतिक र धार्मिक सम्बन्धमा रहेकाले यसको विकासकै लागि भारत सरकारले जनकपुरधाम–अयोध्या बस सेवा सञ्चालन गरेको स्मरण गर्नुभयो । बससेवासँगै रेलसेवा शुभारम्भले नेपाल भारतको सम्बन्धमा थप टेवा पुग्ने उनको धारणा राख्नुभयो । उहाँले जनकपुरधाम भ्रमण विशुद्व सांस्कृती रहेको पनि उनले स्पष्ट पार्नुभएको छ ।