यू १५ महिला साफ च्याम्पियनसिपमा शानदार शुरुवात

title
आइतवार, साउन २७, २०७५

पाकिस्तानलाई ४–० हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं । भुटानमा जारी यू १५ महिला साफ च्याम्पियनसिपमा नेपालले शानदार शुरुवात गरेको छ । शनिबार भएको पहिलो खेलमा नेपाली महिला टोलीले पाकिस्तान विरुद्ध ४–० को जित हासलि गर्दै सेमिफाइनलमा यात्रा तय गरेको छ ।

अघिल्लो संस्करणमा पहिलो चरणबाटै बाहिरिएको नेपालले यसपटक पहिलो खेलमा पाकिस्तान विरुद्ध ४–० को शानदार जित हासिल गरेको हो । यो नतिजापछि समूहको अर्को टोली बंगलादेश पनि सेमिफाइनलमा पुगेको छ । बंगलादेशले पहिलो खेलमा पाकिस्तानलाई १४–० ले हराएको थियो ।

नेपाल र बंगलादेशबीच हुने खेलको नतिजाले समूह विजेता उपविजेताको टुंगो लगाउने छ । दुवै खेल हारेपछि पाकिस्तान प्रतियोगिताबाट बाहिरएको छ । पहिलो हाफमा २–० ले अग्रता लिएको नेपालले दोस्रो हाफमा अर्को २ गोल थपेको थियो । अनुष्का शेर्पाले आठौं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता लिएको थियो ।

सविता राना मगरले १४ औं मिनेटमा गोल गर्दै अन्तरलाई दोब्बर पारेकी थिइन् । दोस्रो हाफमा सविता र रजनी थोकरले गोल थपेका थिए ।