यू–१९ एसिया कप : नेपाल र अफगानिस्तानबीचको खेल जारी

title
सोमवार, अशोज १५, २०७५

काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेटमामा नेपालले अहिले साविक विजेता अफगानिस्तानको सामना गरिरहेको छ । टस जितेर पहिलो व्याटिङ गरिरहेको नेपाललको शुरुवाती प्रदर्शन निकै नै फितलो देखिएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेटमा चिरपरिचित नेपाल र अफगानिस्तान गएको संस्करणको प्रतियोगितामा पनि आमने–सामने भएका थिए । जसमा अफगानिस्तान ७ विकेटले विजयी भएको थियो । यसपटक पनि नेपालले पहिलो खेलमा नै भारतसँग एक सय ७१ रनको भारी हार ब्यहोरेको छ ।

यता अफगानिस्तानले युएइलाई ५ विकेटले पाखा लगाएको थियो । सेमिफाइनलको लक्ष्य राखेको नेपाल यदि सोमबार पराजित भएमा प्रतियोगिताबाट नै बाहिरिने छ । त्यसैले पनि नेपाललाई सोमबारको खेल जित्ने पर्ने दबाव छ । भारत विरुद्ध कमजोर ब्याटिङ गरेको नेपालले मंगलबारको खेलमा केही परिवर्तन गर्न सक्नेछ ।
अघिल्लो संस्करणमा भारतलाई हराएर सेमिफाइनल पुगेको नेपाल यसपटक भने केही कमजोर देखिएको छ ।