योगेश भट्टराईले घरभाडावापतको ९० हजार रूपैयाँ फिर्ता गर्ने

title
आइतवार, पुस १, २०७५

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा सांसद याेगेश भट्टर्राईले नियमविपरीत प्राप्त हुन अाएकाे ९ महिनाकाे घर भाडा फिर्ता गर्ने घाेषणा गरेका छन । उनले ९ महिनाकाे भाडा एकमुष्ठ ९० हजार रुपैँया तलबबाट कट्टा गर्न संसद सचिवालयलाई अाग्रह गरेका छन ।

भट्टराईले विज्ञप्ति जारी गर्दै भनेका छन् – संसद सचिवालयले काठमाडौंमा घर भएका र नभएका संसद सदस्यहरुको विवरण फारम भराउँदा मैले काठमाडाैैँमा आफ्नो घर भएको कुरा पहिले नै स्पष्ट रुपमा उल्लेख गरेको छु । सचिवालयले मागेको विवरण उपलब्ध गराउँदा गराउँदै पनि घर भाडा लिनेको सूचीमा मेरो नाम प्रकाशित हुँदा म आफैं आश्चर्यमा परेको छु । संसदीय क्षेत्रमा अनुभवको कमि तथा संसद सचिवालयका तर्फबाट अभिलेखको व्यवस्थापनमा भएको असावधानीका कारण कमजोरी हुनगएकोमा म दुःख व्यक्त गर्दछु ।´

भट्टराईको विज्ञप्तिमा अघि भनिएकाे छ `घरभाडा वापत मेरो नाममा जम्मा भएको २०७४ फागुनदेखि २०७५ मंसिरसम्म दश महिनाको रु. ९० हजार फिर्ता गर्न वा आउने महिनामा प्राप्त हुने पारिश्रमिकमा कट्टा गर्न संसद सचिवालयलाई हार्दिक अनुरोध गर्दछु । लामो राजनीतिक यात्रा तय गरेर हिँडेको मजस्तो व्यक्तिबाट कुनै गैरकानुनी तथा गलत आचरणका कार्य नहुने कुरा पुनः प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।´

खोज पत्रकारिता केन्द्रले काठमाडौंमा घर भएर पनि  संसदबाट घरभाडावापत पैसा लिने सांसदहरू विवरण समेटेर बनाएको समाचार मंसिर २९ को कान्तिपुर दैनिकमा प्रकाशित भएको थियो।