रक्षामन्त्री पोखरेल र अमेरिकी सेना प्रमुख डेभिडसनको शिष्टाचार भेटवार्ता

title
शुक्रबार, पुस २७, २०७५

काठमाडौ । नेपाल भ्रमणमा रहेका अमेरिकी सेनाको इन्डो प्यासेफिक क्षेत्र हेर्ने प्रमुख एडमिरल फिलिप एस डेभिड्सनले उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखेरलसंग शिष्टाचार भेट वार्ता गर्नुभएको छ ।

सेना प्रमुख एडमिरल डेभिडसनले शुक्रवार रक्षा मन्त्रालयमा उपप्रधान तथा रक्षामन्त्री पोखरेलसँग भेट गर्नु भएको हो । संयुक्त राज्य अमेरिकाको इण्डो प्यासेफिक प्रमुख एडमिरल डेभिडसन नेपालको २ दिने भ्रमणमा बिहीबार काठमाडौं आउनु भएको हो । उपप्रधान तथा रक्षा मन्त्रीसँगको भेटमा द्विपक्षीय सैन्य सहायता र एशिया प्यासेफिक क्षेत्र भित्र पर्ने इण्डो प्यासेफिक क्षेत्रको सुरक्षा चुनौति बारे छलफल भएको छ ।

यसमा नेपाल र अमेरिकाले खेल्न सक्ने भुमिका बारे पनि छलफल भएको छ । अमेरिकी सेनाले नेपाली सेनाको क्षमता विकाश र सैन्य कुटनैतिक सम्बन्धलाई बलियो बनाउदै लैजाने विषयमा द्विपक्षीय छलफल भएको रक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता बाबुराम गौतमले जानकारी दिनुभयो ।

भ्रमणमा रहेको सेना प्रमुखको टोलीले बिहीबारै नेपाली सेनाका सेनापति पूर्णचन्द्र थापासँग भेट गरिसकेको छ । सेना प्रमुख एडमिरल डेभिडसनको टोलीले काभे्रको पाँचखालमा रहेको नेपाली सेनाको वीरेन्द्र शान्तिकार्य तालिम केन्द्रको निरिक्षण भ्रमण गर्नेछ ।