‘रणवीर’मा प्रशान्तको नयाँ लुक्स

title
शुक्रबार, अशोज २६, २०७५

काठमाडौं । चलचित्र ऐश्वर्यमार्फत एकाएक चर्चामा आएका कलाकार हुन्– प्रशान्त ताम्राकार । ऐश्वर्यमा खतरनाक खलपात्रको भूमिकामा देखिएका प्रशान्तको अभिनयलाई दर्शकले खुबै रुचाए । उनको अभिनयकै कारण उनी एक पछि अर्को गर्दै चलचित्रमा अनुबन्धित हुन थाले । उनको हातमा अहिले पनि २–३ वटा चलचित्र छन् । यही मेसोमा उनको अभिनय रहेको चलचित्र ‘रणवीर’को पोष्टर सार्वजनिक भएको छ ।
‘रणवीर’ युनिटले सार्वजनिक गरेको मोसन पोष्टरमा उनको गेटअप नितान्त फरक छ । सार्वजनिक पोष्टरमा फिल्मको एन्टागोनिस्ट र प्रोटागोनिस्ट बीचको द्वन्दलाई देखाइएको छ । चलचित्र माघ १८ गते बाट प्रदर्शनमा आउने भएको छ । उक्त पोष्टरमा प्रशान्त ताम्राकारसँगै सुशिल सिटौला एन्ग्री लुक्समा देखिएका छन् । एक्सन, सस्पेन्स र थ्रिलर मिश्रित फिल्मको मोसन पोष्टर युट्युबमा सार्वजनिक गरिको हो भने भने हलमा टिजर रिलिज गरिएको छ । चलचित्रको शीर्ष भूमिकामा सुशील सिटौला रहेका छन् ।
चलचित्रमा सुशीलसँगै प्रशान्त ताम्राकार, हरिहर शर्मा, नरेश पौड्याल, टिका पहाडी, रवी गिरी, जीवन भट्टराई, बसन्ती भट्ट लगायतको अभिनय रहेको छ । यसै फिल्म मार्फत मोडलिङमा आफ्नो छुटै पहिचान बनाउन सफल शुभेच्छा खड्का र सुपुष्पा भट्ट चलचित्रमा डेब्यु गर्दैछिन् । शिक्षित युवाले समाजमा गर्ने संघर्षको कथालाई लिएर निर्माण भएको फिल्मलाई गोविन्दसिंह भण्डारीले निर्देशन गरिरहेका छन् । फिल्म ‘गाँजा बाजा’ प्रोड्युसर दिपेन्द्र रेग्मी र गोमा विष्टले संयुक्त रुपमा ‘रणवीर’ निर्माण गरिरहेका छन् । महेश पौडेलको छायाँकन रहने फिल्ममा चन्द्र पन्तको द्वन्द, हर्कुलस बस्नेत, सुशान्त गौतम र अमित श्रेष्ठको संगीत रहनेछ ।