रत्नजित र दिपेश क्वार्टरफाइनलमा

title
बिहिबार, कार्तिक २९, २०७५

काठमाडौं । नेपाल च्याम्पियन रत्नजित तामाङ्ग र एपिएफका दिपेश धामी पुष्पलाल स्मृती राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन । महिलातर्फ साविक विजेता जेशिका गुरुङले पनि अन्तिम आठमा स्थान बनाइन् ।

पुष्पलाल स्मृती ब्याडमिन्टन प्रतियोगिताका लगातार छ पटकका विजेता त्रिभुवन आर्मीका तामाङ्गले प्रिक्वटारफाईनलमा एपीएफका सुनिल जोशीलाई २१–६, २१–१७ को सोझो सेटमा पाखा लगाए । यस्तै दिपेशले आर्मीका प्रफुल महर्जनमाथि २१–१५, २१–१५ को अन्तरमा पराजित गरे । यस्तै बुधबार नै भएको प्रतियोगिताबाट अन्तिम आठमा प्रवेश गर्नेमा नेपाल पुलिसका बिष्णु कटुवाल र निर विक्रम देवकोटा पनि रहे । बिष्णुले एफिएफका विजित थापामगरलाई २१–१७, २१–१४ तथा निर विक्रमले एपिएफकै सुदीप सेंढाईलाई १२–२१, २१–८, २१–१० ले पराजित गरे ।

यसैगरी आर्मीका रुकेश महर्जनले एपिएफका साजन कृष्ण ताम्राकारलाई २१–१८, २१–१४, आर्मीकै नविन श्रेष्ठले पुलिसका जीवन आचार्यलाई २१–७, २१–१३, भोजपुरका विकास श्रेष्ठले एपिएफका गौतम कठायतलाई २१–१७, २१–१६ तथा सिल्क ग्रुपका प्रिन्स दाहालले पुलिसका दीपक बोहरालाई २१–१९, २१–१४ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाए ।

साविक विजेता एपिएफकी जेशिका गुरङ्गले भोजपुरकी सिता राईलाई २१–१७, २१–१९ ले पराजत गर्दै क्वाटरफाइनलमा पुगिन् । यस्तै आर्मीका नङ्गशल देवी तामाङ, अनुमाया राई, रशिला महर्जन, रञ्जना भट्ट र अमिता गिरीले पनि जित निकाल्दै अन्तिम आठमा स्थान बनाए । यसैगरि बाँकेकी संझना शर्मा, शोभा गुरुङ्गले पनि क्वाटरफाईनलमा स्थान पक्का गरे ।