रसुवाको टिमुरेमा पहिरोले घर पुरिँदा ७ जना वेपत्ता

title
बिहिबार, साउन १०, २०७५

रामहरि न्यौपाने 

रसुवा । रसुवाको गोसाईकुण्ड गाउँपालिका–२, रसुवागढी नाका नजिकै टिमुरेमा पहिरो जादाँ सात जना बेपत्ता भएका छन्।
गएमध्यराति अविरल वर्षासँगै आएको पहिरोले घर पुरिदाँ ७ जना बेपत्ता भएकाले उद्वारकार्य जारी रहेके रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिनुभयो ।

उहाँको अनुसार पहिरोले दुई घर पुरिदा त्याहा रहेका मािनसहरू सम्पर्कबिहिन भएका हुन् ।राति एक बजेको समयमा पहिरो जाँदा प्रहरी चेकपोष्ट समेत पुरिएको रसुवा प्रहरी प्रमुख सन्तोष तामाङले जानकारी दिनुभयो । पहिरोमा परि १२ जना घाइते भएका छन्। घाइतेको उद्दार गरी उपचारको लागि बिभिन्न अस्पताल लगिएको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

रातिको समयमा उद्दारको काम मात्रै गर्न सम्भव भएकोले गम्भीर घाइतेलाई आज बिहान मात्रै काठमाडौं तर्फ पठाइएको हो । पहिरो गएको स्थानमा थप जोखिम रहेको र रातको समयमा परेकाले क्षतिको एकिन विवरण आउन बाकी रहेको रसुवा प्रशासनले जनाएको छ । पहिरो पश्चात् चीनसंग सञ्चालनमा रहेको एकमात्र नाका रसुवागढी नाका अबरूद्व भएको छ ।