रहस्यमा रहेको मदन भण्डारीको मृत्युमाथि चलचित्र ’दासढुंगा २’

title
मङ्लबार, जेष्ठ ७, २०७६

काठमाडौं– तत्कालीन नेपाल कम्युनिष्ट पार्टी ‘एमाले’का महासचिव मदन भण्डारीको मृत्युमा आधारित चलचित्र ‘दासढुंगा’को दोस्रो भाग निर्माण हुने भएको छ ।

दासढुंगाकाण्ड पछि त्यसको प्रत्यक्ष असर परेका क्षेत्रको कथालाई सिनेमाले उठाउने छ । जसको लागि अनुसन्धान भैरहेको निर्माता अपिल विष्टले जानकारी दिए । सोमबार सिनेमाको थिम पोस्टर पनि सार्वजनिक गरिएको छ । जहाँ ‘राष्ट्रपति, प्रधानमन्त्री, राजनीति र दर्घटना’लाई सिनेमाले केलाउने प्रष्ट्याइएको छ । सिनेमाले ‘दासढुंगा’ हत्या हो कि दुर्घटना हो ? भन्ने प्रश्नको चिरफार पनि गर्ने विष्टले बताए ।

कास्ट एण्ड क्रु फाइनल भैसकेका छैनन् । हप्ता दिनमा त्यो पनि फाइनल हुने निर्माता विष्टले जानकारी दिए । चलचित्रमा केहि ‘दासढुंगा’का कलाकार हुनेछन् भने, केहि नयाँको इन्ट्री हुनेछ । ’दासढुंगा २’ चलचित्रको लेखन र निर्देशन भने कुमार भट्टराईले गर्नेछन् ।

अपिल विष्ट फिल्मसको प्रस्तुति रहने ’दासढुंगा २’ सँग अस सिनेमा र म्याजिक माउन्टेन मुभिजले सहकार्य गरेका छन् । कुशल पाण्डे निर्माता रहने सिनेमामा दीपक ओली र प्रकाश केसीले कार्यकारी निर्माताको भूमिका निर्वाह गर्नेछन् । भने, सह-निर्मातामा प्रदीप आचार्य रहेका छन् । सन् २०१० मा निर्देशक मनोज पण्डितले ‘दासढुंगा’ रिलिज गरेका थिए ।