राखेपले मनायो ५५ औं वार्षिकोत्सव

title
आइतवार, भदौ २४, २०७५

काठमाडौं । राष्ट्रिय खेलकूद परिषद् राखेपले ५५ औं बार्षिकोत्सब मनाएको छ । साताब्यापी रुपमा वार्षिकोत्सव मनाएको राखेपले शनिबार समापन कार्यक्रममा उत्कृष्ट कर्मचाीकालाई सम्मानसहित पुरस्कार वितरण गरेको हो ।

राखेपको उत्कृष्ट कर्मचारीमा प्राविधिक तर्फ सुटिङ्गका प्रशिक्षक प्रदीप खाती र प्रशासन तर्फ पश्चिमाञ्चल खेलकुद बिकास समितिका प्रशासकिय अधिकृत लक्ष्मण योगी उत्कृष्ट कर्मचारी घोषित भए । ५५ औं वार्षिकोत्सवको अवसरमा उनीहरुलाई उत्कृष्ट घोषणा सहित नगद २५ हजार र सम्मान पत्रले सदस्य सचिव केशव कुमार बिष्टले सम्मान गरे ।

यस्तै उत्कृष्ट कर्मचारीमा प्राविधिक तर्फ तेक्वान्दो सहायक प्रशिक्षक नोर्वु लामा र प्रशासन तर्फ प्रशासकिय अधिकृत कमल दाहाल रहे । उनीहरुले सम्मान पत्रका साथै नगद १५ हजार प्राप्त गरे । यसै गरी प्राविधिक तर्फ कराते सहायक प्रशिक्षक कुन्ति गुरुङ्ग र प्रशासन तर्फ ना.सु. गोपाल बस्नेत परिषद सेवा सम्मानबाट सम्मानित भए । उनीहरुले जनही १० हजारका साथै सम्मान पत्र प्राप्त गरे ।

यसैगरी परिषद्को ५५ औं बार्षिकोत्वको अवसरमा आयोजना गरिएको खेलकुद प्रतियोगिता अन्तरगत तान डोरी प्रतियोगितामा काठमाण्डौ जिल्ला खेलकुद बिकास समिति प्रथम भयो । उनले नगद १० हजार र प्रमाण पत्र प्राप्त ग¥यो । यस्तै दोश्रो भएको राष्ट्रिय खेलकुद परिषदको केन्द्र त्रिपुरेश्वरले नगद ७ हजार र प्रमाण पत्र तथा तेश्रो भएको ललितपुर जिल्ला खेलकुद बिकास समितिले नगद ५ हजार सहित प्रमाण पत्र प्राप्त ग¥यो ।

वार्षिकोत्सवकै अवसरमा आयोजना गरिएको खेलकुद सम्वन्धि कविता प्रतियोगितामा खेलकुद बिज्ञान प्रतिष्ठानकी प्रशासकिय अधिकृत अनन्ता देवी खनाल पहिलो भइन् । उनले नगद ५ हजार र प्रमाण पत्र प्राप्त गरिन् । यस्तै कर्मचारी संघका महासचिव फणिन्द्र पौडेल दोश्रो र प्रशासकिय अधिकृत रोहिणी दाहाल तेश्रो भए । उनीहरुले क्रमश ३ हजार र २ हजार सहित प्रमाण पत्र प्राप्त गरे ।

यसै गरी खेलकुद दिवसको अवसरमा आयोजना गरिएको महिला÷पुरुष युगल ब्याडमिन्टन प्रतियोगिता, महिला पुरुष टेबल टेनिस तथा म्युजिकल चियर महिला÷पुरुषका बिजयी खेलाडीहरुलाई पनि नगद सहित प्रमाण पत्र प्रदान गरियो ।

उनीहरुलाई क्रमश पहिलो लाई ५ हजार र प्रमाण पत्र, दोश्रोलाई ३ हजार र प्रमाण पत्र तथा तेश्रो हुनेलाई नगद २ हजार सहित प्रमाण पत्र प्रदान गरिएको थियो ।

बिजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले पुरस्कार बितरण गरेका थिए ।