राजदूत लक्की शेर्पामाथि मानव तस्करीको आरोप, छानविन गर्दै परराष्ट्र मन्त्रालय

title
बिहिबार, मंसिर २०, २०७५

काठमाडाैं । सरकारले अस्ट्रेलिया लागि नेपाली राजदूत लक्की शेर्पामाथि छानबिन सुरु गरेको छ। उनीमाथि मानव तस्करी गरेको गम्भीर आरोप लागेको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा चन्द्रशेखर अधिकारीले लेखेका छन्।

मुलुकको प्रतिनिधित्व गर्दै सम्बन्ध सेतु बनेकी राजदूत आफैँ विवादमा परेकी छन्। यसबाट द्विपक्षीय सम्बन्ध असहज बन्ने आशंका पैदा भएको छ। शेर्पामाथि परराष्ट्र मन्त्रालयले छानविन थालेको छ। तर, राजदूत शेर्पामाथि छानविन प्रक्रियाबारे परराष्ट्र मन्त्रालयका अधिकारीले केही जानकारी गराएको छैन।

शेर्पा तत्कालिन माओवादीको सिफारिसमा राजदूत बनेकी हुन्। आरोप पुष्टि भए आवश्यक कारबाही गर्ने परराष्ट मन्त्री प्रदीप ज्ञवालीले बताएका छन्। तर राजदूत शेर्पाले भने मुलुकलाई आँच पुग्ने कुनै काम नगरेको दावी गरेकी छन्।