राजधानीमै बालकको अपहरणपछि हत्या

title
शुक्रबार, मंसिर १४, २०७५

काठमाडौं — राजधानीमै अर्का बालकको अपहरण र हत्या भएको छ ।

गोंगबुस्थित प्रयासमार्गमा स्वस्तिका गेस्टहाउसका सञ्चालक प्रवीण कुँवरका ८ बर्षीय छोरा प्रयासको उनकै चालक महेन्द्र एसकेले हत्या गरेका हुन् ।

महेन्द्रले प्रयासलाई अपहरण गरी गाडीभित्रैै हत्या गरेर खोलामा शव फालेका थिए ।

महेन्द्रलाई पक्राउ गरेर अनुसन्धान गरेपछि घटनाको वास्तविकता खुलेको हो ।

उनकै बयानका आधारमा महानगरीय अपराध महाशाखाले म्हैपीस्थित सामाखुसी खोलामा बालकको शव भेटेको छ ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।