राजपा नेपालका सदश्यबाट प्रदेश नं.दुईको प्रदेशसभा बहिष्कार

title
शनिबार, भदौ २, २०७५

पुरन साह/धनुषा । प्रदेश नं. दुईको प्रदेशसभामै प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गर्दै सरकारमा सहभागी राजपा नेपालका केहि सदश्यले प्रदेशसभा बहिष्कार गरेका छन् ।

प्रदेशसभामा सभामुख सरोज कुमार यादवले प्रधानमन्त्री ओलीलाई स्वागत गर्दै प्रदेशसभाको कारवाही अगाडि बढेकोे घोषणा गर्ने वितिकै राजपाका प्रदेशसभा सदस्य उपेन्द्र महतो, बिन्देश्वर प्रसाद यादव र गौरी शंकर साह आ–आफ्नो स्थानबाट उठेर आफुहरुलाई बोल्न दिन आग्रह गरे ।

सभामुखले शनिवार बोल्न नपाउने भन्दै बस्न आग्रह गरेपछि प्रदेश सभा सदस्य महतो आफनो पार्टीका निर्वाचित सांसद जेलमा रहेको र नेता कार्यकर्ता माथीको मुद्दाहरु र्फिता नभई धरपकड जारी रहेको भन्दै प्रधानमन्त्रीको भाषणले कुनै अर्थ नरँखे जनाउ दिएर बैठक बहिष्कारको घोषणा गरे ।

बैठक सुरु हुनु अघिनै महतो सहित केहि सांसदले विरोध गर्ने पूर्व जानकारी पाएपछि संसद सचिवालयले पटक पटक बोलाएर प्रधानमन्त्रीकै अगाडि विरोध नर्गन संझाएको थियो । अवरोधको संकेत पछि बैठक एक घण्टा ढिलो सुरु गरिए पनि राजपावाट प्रदेशका समाजिक विकास मन्त्री नवल किशोर साह, तिन वटै राज्यमन्त्री संवोधनका बेला बैठकमा अनुपस्थित् रहे ।

सांसद मनिष सुमन तथा प्रमुख सचेतक परमेश्वर साह समेत बैठकमा गएनन् । प्रधानमन्त्री ओली सम्बोधनका बेला बैठक कक्ष शान्त देखियो । एता प्रधानमन्त्री केपीशर्मा ओलीलाई विरोध गर्न जनकपुर विमानस्थल पुगेका युवाहरूलाई भने प्रहरीले पक्राउ गरेको छ ।