राजाहरुले लगाउने श्रीपेच सार्वजनिक

title
सोमवार, अशोज २९, २०७५

काठमाडौं । पूर्व राजाहरुले लगाउने श्रीपेच सार्वजनिक भएको छ । श्रीपेचलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गर्नुभएको हो ।

अब नारायणहिटी दरबार संग्राहलय भ्रमण गर्नेले यो श्रीपेच हेर्न सक्नेछन् । विशेष सुरक्षाका साथ बुलेट प्रुफ सिसाको सोकेसमा श्रीपेचको साथमा राजदण्ड, तत्कालीन रानीको मुकुट, तरबार लगायतका सामाग्री राखिएको छ ।

तत्कालीन राजाहरुले पहिरने श्रीपेचमा ७५० वटा हिराका टुक्रा छन् भने टायरामा २ हजार ७ सय टुक्र छन् । अन्तिम राजा ज्ञानेन्द्र शाहले श्रीपेच लगाएका थिए ।