बोक्सीको आरोपमा राधा चौधरीमाथि फेरि कुटपिट

title
बिहिबार, कार्तिक २२, २०७५

कैलाली । घोडाघोडीकी राधा चौधरीमाथि बोक्सीको आरोपमा फेरि पनि कुटपिट गरिएको । नगरपालिका–५, देउकलियाकी राधालाई स्थानीय कालीचरण चौधरीले बुधवार बेलुकी कुटपिट गरेका हुन् ।

रक्सीले मात्तिएका कालीचरणले पहिले राधालाई गाली गरेको र त्यसपछि कुटेको पीडितले बताएकी छिन् । पीडित राधाले प्रहरीमा जाहेरी दिएपछि प्रहरीले कालीचरणलाई पक्राउ गरेको हो ।

गएको वर्षको फागुनमा पनि भोले बाबा भनेर चिनिएका रामबहादुर चौधरीले सार्वजनिक स्थानमा नै राधामाथि कुटपिट गरेका थिए । त्यो बेला प्रहरीले जाहेरी लिन नमानेको र मेयर पनि रमिते बनेको भन्दै चौतर्फी आलोचना भएको थियो ।

रामबहादुर चौधरीसहित २ जनाले अहिले सजाय भोगिरहेका छन् ।