रामकहानीलाई ‘काउली बुढी’को साथ

title
मङ्लबार, भदौ १९, २०७५

काठमाडौं । आगामी शुक्रबारबाट प्रदर्शनमा आउने दुई चलचित्र रोज र रामकहानीबीचको व्यापारिक प्रतिस्पर्धा त छँदैछ । प्रचार प्रसारमा पनि यी दुवै टोलीले तीव्र प्रतिस्पर्धा गरेको पाइएको छ । रोज टोलीले गायक प्रताप दासलाई लिएर मोफसल टुर गरिरहेका बेला रामकहानी टोलीले पनि यता ‘काउली बुढी’ अर्थात सन्ध्या बुढालाई आफ्नो चलचित्रको प्रमोसनमा अघि सारेको छ ।
गीत संगीत र ट्रेलरले दर्शकको मन जितिरहेको यस चलचित्रलाई सफल निर्देशक सुदर्शन थापाले निर्देशन गरेका हुन् । ‘मेरो एउटा साथी छ’, ‘प्रेमगीत’ र ‘म यस्तो गीत गाउँछु’ जस्ता हिट चलचित्र दिएका निर्देशक सुदर्शन थापाको ‘रामकहानी’लाई यस बर्षको प्रतिक्षीत चलचित्रको रुपमा लिएको छ ।

प्रदर्शनको अन्तिम तयारीमा रहेको चलचित्र ‘रामकहानी’को अहिले प्रचार प्रसार व्यापक रुपमा भै रहेको छ । चलचित्रको प्रसार प्रसारकालागि नर्देशक सुदर्शन थापा, नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठ अहिले चलचित्रको प्रचारमा लागि परेका छन् । चलचित्रका निर्देशक सुदर्शन थापाले यस पल्टको आफ्नो चलचित्र पहिलाको भन्दा धेरै फरक र कथा नै उत्कृस्ट भएकोले अझै बढी प्रसार प्रसारमा लागेका बताएका छन् ।

चर्चित रियालिटी शो नेपाल आइडल कि प्रतियोगी काउली बुढी यानिकी सन्ध्या बुढाले समेत चलचित्र ‘रामकहानी’को प्रसार प्रसारमा साथ दिएकी छिन् । चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ, राजाराम पौडेल, केदार घिमिरे, जितु नेपाल, रविन्द्र झा, विल्सन विक्रम राई, शोबित बस्नेतको मुख्य भूमिका रहेको छ । सुदर्शन थापाको कथा रहेको यस चलचित्रलाई पूजा र सुदर्शनले संयूक्त रुपमा निर्माण गरेका हुन् ।

अर्जुन पोखरेलको संगीत, सौरभ लामाको छायांकन रहेको यो चलचित्रब निश शाह र मिलन श्रेष्ठको सम्पादन रहेको छ । चलचित्रमा महेश दवाडी र दिनेश न्यौपानले संयूक्त रुपमा स्क्रिन प्ले र डाइलग लेखेका छन् । यही चलचित्रको प्रचार प्रसारकै क्रममा कलाकारको टोली सोमबार टुडिखेलमा मनाइएको गौरा पर्वको कार्यक्रममा समेत पुगेको थियो ।