रामवीरले दिए राजीनामा, जित्लान वामदेव

title
मङ्लबार, अशोज २३, २०७५

काठमाडौं । नेपाल कम्य्निष्ट पार्टीको सचिवालय सदस्य बामदेव गौतमलाई सांसद बनाउने बाटो खोल्दै काठमाडौं क्षेत्र नम्बर ७ का सांसद रामवीर मानन्धरले पदबाट राजीनामा दिएका छन् ।

गत मंसिरमा भएको प्रतिनिधिसभामा बर्दिया क्षेत्र नम्बर १ बाट कांग्रेसका सञ्जय गौतमसंग पराजय भएका गौततमलाई सांसद बन्ने बाटो खोल्दै मानन्धरले पार्टी समक्ष राजीनामा दिएको घोषणा गरेका हुन् ।

मानन्धरको राजीनामाबारे बुधबारको सचिवालय बैठकले निर्णय लिने छ । नेकपा अध्यक्ष पुष्पकमल दाहालले मानन्धरलाई राजीनामा गराएर गौतमलाई उपनिर्वाचनमार्फत् संसदमा ल्याउन प्रस्ताव गरेका थिए ।

दाहालले आफू, वामदेव र मानन्धरबीच बैठक बसेर सहमति भइसकेको पनि सचिवालयमा जानकारी गराएका थिए । मानन्धरले सहमति दिएको लिखितपत्र पनि बैठकमा सुनाइएको थियो ।

तर, मानन्धरले भने स्थायीत्व र विकासको लागि बामदेव गोतम योग्य र क्षमतावान व्यक्ति भएकाले आफैंले प्रस्ताव गरेर राजीनामा दिएको दाबी गरेका छन् ।

बामदेव सांसद भएका प्रधानमन्त्री सम्म बन्ने बाटो खुल्ने मानन्धरको दाबी छ । यसअघि उनलाई डोल्पाबाट संसदमा ल्याउने प्रयास भएको थियो ।

तर पर्यटन राज्यमन्त्री समेत रहेका सासंद धनबहादुर बुढालाई राजीनामा नगर्न कार्यकर्ताले दबाब दिएपछि बाटो रोकिएको थियो ।

सपछि बर्दिया र नवरपरासि लगायतका विभिन्न ठाउ“बाट उपनुवनावमार्फत सांसद बन्ने चाहना तुहिएपछि गौतमलाई मानन्धरले बाटो खोलिदिएका हुन् ।

नेवार समुदायको बाक्लो जनसंख्या रहेको काठमाडौं ७ मा रामवीर लोकप्रिय छन् ।

प्रतिनिधिसभा छाडेबापत् आफूलाई राष्ट्रिय सभामा मनोनित गर्नुपर्ने र मन्त्री बनाउनुपर्ने र केन्द्रीय सदस्यमा मनोनित गर्नुपर्ने सर्त मानन्धरले दाहाल र वामदेसँग राखेका छन् ।

तर, अर्का सचिवालय सदस्य ईश्वर पोखरेलले भने गौतमलाई काठमाडौंबाट चुनाव लडाउन नहुने भन्दै असहमति जनाएका छन् ।