राष्ट्रपतिको टिका

title
शुक्रबार, कार्तिक २, २०७५

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले उपराष्ट्रपति प्रधानमन्त्रीदेखि उच्च पदस्थ व्यक्तित्वहरुलाई टीका लगाईदिनुभएको छ ।  शितलनिवासमा उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायत उच्च पदस्थ व्यक्तित्वहरुलाई टीका लगाईदिनुभएको हो ।

त्यस्तै सभामुख कृष्ण वहादुर महराले पनि राष्ट्रपति भण्डारीको हातबाट टिका लगाउनुभयो । नेपाल सरकारका मन्त्रीहरु, राज्यमन्त्री पनि शितल निबास पुगी टिका तथा जमरा ग्रहण गरेका थिए ।

त्यस्तै सुरक्षा निकायका प्रमुख , संवैधानिक निकायका प्रमुख , पूर्वराष्ट्रसेवक कर्मचारी लगाएतलाई पनि राष्ट्रपति भण्डारीले टिका तथा जमरा प्रदान गर्नुभएको थियो भने बिभिन्न दलका नेता पनि टिका तथा जमरा थाप्न शितल निवास पुगेका थिए ।