राष्ट्रपतिद्वारा छठपर्वको पूजा

title
मङ्लबार, कार्तिक २७, २०७५

काठमाडौँ । सूर्यदेवको उपासना एवं श्रद्धाभक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्वको अवसरमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले कमलपोखरी पुगी पूजाअर्चना गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले कमलपोखरीमा रहेको छठी मैयाको मूर्तिमा पूजा र दीप प्रज्वलन गर्नुभयो । राष्ट्रपति भण्डारीले पूजाका लागि सजाइएको नदी किनाराको अवलोकनसमेत गर्नुभयो ।

राष्ट्रपतिलाई भक्तजनले पुष्पगुच्छाले स्वागत गरेका थिए । आज अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर ब्रतालुहरुले रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिएपछि मात्रै छठ पूजा विसर्जन गरिन्छ । सूर्य उपासनासँग सम्बन्धित छठ पर्व प्रत्येक वर्ष कात्तिक शुक्ल पञ्चमी र षष्ठीका दिन मनाउने गरिन्छ ।