
राष्ट्रपति रामचन्द्र पौडेलले मोजाम्बिक र इटालीका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले आज बिहीवार गैरआवासीय नेपाली राजदूत नियुक्त गर्नुभएको हो ।
राष्ट्रपतिले दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूत दानबहादुर तामाङलाई गणतन्त्र मोजाम्बिक र स्विट्जरल्यान्डका लागि नेपालका आवासीय राजदूत रामप्रसाद सुवेदीलाई इटालीका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।