राष्ट्रपतिद्वारा विभिन्न पाँच आयोगका अध्यक्षहरु नियुक्त

title
बिहिबार, चैत्र ७, २०७५

काडमाडौं । मधेसी आयोगका अध्यक्ष विजयकुमार दत्तले संविधानको दायराभित्र रहेर आयोगको कामकारवाहीलाई अघि बढाउने बताउनुभएको छ । आज ललितपुरमा आयोगको अध्यक्ष पदको कार्यभार सम्हाल्दै उहाँले संविधौनिक परिधीभित्र रहेर संविधानले दिएको काम, कर्तव्य अघि बढाउने बताउनुभएको हो । उहाँले आयोगको स्थापनाको उदेश्यलाई सफल पारेरै छाड्ने प्रतिवद्धता पनि जनाउनुभयो । त्यस्तै उहाँले आयोगमा देखिएका जनशक्ति र आर्थिक व्यवस्थाका बारेमा सरकारलाई जानकारी गराउने धारणा राख्नुभयो ।

संविधानको प्रकृति र आयोगको प्रकृतिबीच समन्वय गर्न आयोग लाग्ने उहाको भनाइ छ । यसअघि आजै राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा डा शान्तराज सुवेदी, मधेसी आयोगको अध्यक्षमा दत्त, थारु आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगको अध्यक्ष पदमा समिम मियाँ अन्सारीलाई नियुक्त गर्नुभएको थियो । आयोगका नवनिवयुक्त अध्यक्षहरुले आजै सपथ लिनु भएको थियो ।