राष्ट्रपतिबाट पूजा

title
बुधबार, अशोज ३१, २०७५

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शक्तिपिठहरुको पुजा र दर्शन गर्ने क्रममा काभ्रेको पलाञ्चोक भगवती पूजा आजा गर्नुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले काभ्रेको पांचखाल ९ मा रहेको पलाञ्चोक भगवतीमा नवरात्रको आठौं दिनका अवसरमा पुजा पाठ र भगवतीको दर्शन गर्नु भएको हो ।

राष्ट्रपति भण्डारी विहान ९ बजेर ३५ मिनेटमा पलाञ्चोक भगवती आइपुग्नु भएको थियो । करिब १५ मिनेट बसेर उहाँले मन्दिरमा पूजा र भगवतीको दर्शन गर्नुभएको थियो ।

पाँचखाल स्थित नेपालीको सेनाको तालिम केन्द्र सम्म हेलिकप्टरमा आउनु भएकी राष्ट्रपतिलाई जिल्ला समन्वय समितिका प्रमुख उदव केसी, प्रमुख जिल्ला अधिकारी कृष्ण राउत, धुलिखेल नगरपालिका प्रमुख अशोक व्याञ्जु, पाँचखाल नगरपालिका प्रमुख महेश खरेल, एसपी रविराज खड्का लगायतले स्वागत गरेका थिए ।