राष्ट्रपतिसँग मोदीसहितका राष्ट्रप्रमुखद्वारा सामूहिक भेट

title
बिहिबार, भदौ १४, २०७५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अाेलीसहित विमस्टेक बैठकमा सहभागि हुन आएका विदेशी राष्ट्रप्रमुखहरूले राष्ट्रपति विद्यादेवी भण्डारीसँग सामूहिक भेटवार्ता गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा बिहिबार मध्यान्ह सामूहिक भेटवार्ता भएको हो ।

भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङचुक, म्यान्माका राष्ट्रपति विन मिन्त, श्रीलङकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा सहभागि रहेको परराष्ट्र मन्त्रालालयले जनाएको छ ।