राष्ट्रसंघीय मिसनमा २० प्रतिशत महिला प्रहरी अनिवार्य

title
बुधबार, कार्तिक ७, २०७५

काठमाडौं । नेपाल प्रहरीले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा पठाउने महिला प्रहरीको संख्या बढाएर २० प्रतिशत पुर्‍याएको छ। फर्म्ड पुलिस युनिट ‘एफपियु’ शान्ति मिसनअन्तर्गत कुल संख्यामध्ये २० प्रतिशत महिला प्रहरी पठाउने भएको हो ।

प्रहरीले बनाएको एफपियु छनोट कार्यदेश २०७५ मा २ जुनियर अधिकृतसहित हरेक एफपियु टोलीमा कम्तीमा २० प्रतिशत महिला पठाइने उल्लेख छ । शान्ति मिसनमा महिलाको संख्या बढाउने राष्ट्रसंघकै नीतिअनुसार नेपाल प्रहरीले महिला प्रहरीको संख्या बढाउने निर्णय गरेको आज नयाँ पत्रिका दैनिकमा खबर छ।