
काठमाडौँ । फागुन २९ गतेका लागि बोलाइएको राष्ट्रिय सभा बैठक चैत ८ गते बस्नेगरी स्थगित भएको छ ।
राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले आइतबार सूचना जारी गर्दै फागुन २९ गते दिउँसो १ बजेलाई निर्धारण गरिएको बैठक विशेष कारण चैत आठ गते बस्नेगरी निर्धारण गरिएको जनाएका छन् ।