राष्ट्रिय जनावरबाट बदर गर्न माग गर्दै अर्धनग्न धर्ना बस्ने एक जना प्रकाउ

title
शुक्रबार, भदौ १, २०७५

काठमाडौ । बिना लुगा सिंहदरबारमा धर्ना बस्न जाने क्रममा आफूलाई पशुअधिकारकर्मी बताउने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनलाई अर्धनग्न अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । सबै जनावर समान रहेकाले गाईलाई राष्ट्रिय जनावरबाट बदर गर्न माग गर्दै जितिन लिम्बुले सिंहदरबारको दक्षिण गेट अगाडी धर्ना दिन खोजेका थिए ।

अर्धनग्न भएर धर्नामा बस्न खोजेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनले ‘जनावर सबै एक हुन, कानून सबैलाई लागू गर, नयाँ मुलुकी ऐन संशोधन गर, राष्ट्रिय जनावर बदली गर’ लेखिएको प्लेकार्ड शरिरमा लगाएका थिए ।

सार्वजनिक स्थलमा अश्लीलता प्रर्दशन गरेकाले उनलाई नियन्त्रणमा लिईएको महानगरीय प्रहरी वृत्त, सिंहदरबारले जनाएको छ ।