राष्ट्रिय झण्डा दिवस मनाइँदै

title
आइतवार, पुस १, २०७५

‘मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा मेरो स्वाभिमान’

काठमाडौं । आज पुस १ गते अर्थात नेपाली राष्ट्रिय झण्डा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा मेरो स्वाभिमान’ नारासहित आज नेपाली राष्ट्रिय झण्डा दिवस मनाउन लागिएको हो ।

२०६२ साल पुस १ गते संयुक्त राष्ट्र संघले नेपालको झण्डालाई अङ्कित गरेको दिनलाई स्मरण गर्दै आजको दिनलाई राष्ट्रिय झण्डा दिवस रुपमा मनाउन लागिएको हो ।

अन्तर्राष्ट्रिय रूपमा नेपालीपनको प्रवद्र्धन र प्रसार गर्ने उद्देश्यले यो दिवस मनाउन लागिएको कार्यक्रम संयोजक श्याम बजगाईले बताउनुभयो । सामाजिक सञ्जालको माध्यमबाट समेत नेपाली झण्डा बोकेर काठमाडौंको बसन्तपुरमा भेला हुन सबैलाई आग्रह गरिएको छ ।